www.tandavnews.com
Fact ~ In search of truth

सुनको भाउ आज प्रतितोला ६ सयले घट्यो

काठमाडौं ।

लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार ८०० मा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला ६ सयले घटेको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज भने प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो । यस्तै चाँदी पनि शुक्रबारको तुलनामा १५ ले घटेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.