www.tandavnews.com
Fact ~ In search of truth

नदीपुरमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि मार्बल र दोबा समाजलाई

टिकटबाट संकलित ८६ हजार मृगौला पिडित गुरुङलाई प्रदान

सुशान्त गाहा मगर, 
पोखरा /ताण्डव न्यूज ।

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदिपुरमा सम्पन्न तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिताको उपाधि मार्बल ईन्टरप्राइजेज र दोबा समाजले जितेको छ ।

छन्त्याल समाजको खेलमैदानमा आईतबार सम्पन्न पुरुष तर्फको सेमिफाईनल खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्र रातो (आयोजक) लाई १–३ को सेटले हराउदै मार्बलले र महिला तर्फ टीजी र्गल्सलाई १–३ को सेटले हराउदै दोबा समाजले उपाधि जितेको हो ।

पुरुष तर्फ सेमिफाईनल खेलमा मार्बल ईन्टरप्राईजेज बिरौटाले २३–२५, २५–१९, २५–११ र २५–१९ को सेटले आयोजक रातोलाई पराजित गर्याे । च्याम्पियन बनेको ईन्टरप्राईजेजले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्याे ।

त्यस्तै महिला तर्फ टिजी गर्लस्लाई १८–२५, २३–२३, १९ –२५ र १९ –२५ को सेटले पराजित गर्दै बिजेता बनेको दोबा समाजले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २० हजार रुपैया हात पार्याे ।

पुरुष तर्फ उपबिजेता बनेको आयोजक रातोले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ३५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो । भने महिला तर्फ उपबिजेता बनेको टिजी र्गल्सले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १३ हजार रुपैयाँ हात पार्याे ।

त्यस्तै भेट्रान्स तर्फ बिजेता र उपबिजेता बनेको रामबजार र पृथ्वीचोकले क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित खशी प्राप्त गर्याे भने उत्कृष्ट खेलाडीको रुपमा रामबजार भेट्रान्सका बल बहादुर श्रेष्ठ पुरस्कृत भए ।

त्यस्तै पुरुष तर्फ सर्वाेत्कृष्ट खेलाडीको रुपमा मार्बल ईन्टरप्राईजेजका अमृत केसी घोषित भए । सोही क्लबकै कमल सुनार उत्कृष्ट ब्लकर, दिपक थापा उत्कृष्ट डिफेण्डर, मिलन राना उत्कृष्ट सेटर, याम क्षेत्री उत्कृष्ट क्वीकरको रुपमा पुरस्कृत भए भने उदीयमान खेलाडीको रुपमा अयोजकका प्रितम गुरुङ, सुजन चोपाल उत्कृष्ट सर्भर, किरण गुरुङ उत्कृष्ट स्पाईकरको रुपमा घोषित हुदै पुरस्कृत बने ।

त्यस्तै प्रतियोगिताबाट महिला तर्फ सर्वाेत्कृष्ट खेलाडीको रुपमा दोबा समाजकी कल्पना छन्त्याल पुरस्कृत बनिन । सोही समाजकै सस्मी पुन उत्कृष्ट स्पाईकर, निरु पुन उत्कृष्ट सेटर, रस्मिता दुरा उत्कृष्ट डिफेण्डर, रेखा राना उदीयमान खेलाडीको हकदार बनिन भने टिजी र्गल्सकी सनिशा राना उत्कृष्ट सर्भर घोषित भए ।

कार्यक्रमका प्रमुख अतिथि प्रगतिशिल युवा क्लबका केन्द्रीय अध्यक्ष दिपक थापा तथा आयोजक संस्थाका महासचिब अशोक थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।

सोही बिचमा मृगौला पिडित सुरज गुरुङको उपाचारका लागि प्रतियोगिता अवधिभर टिकटमार्फत संकलित ८६ हजार रुपैया आयोजक संस्थाका अध्यक्ष मनोज खड्काले अभियन्ता अनु गुरुङलाई हस्तान्तरण गरेका थिए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.