www.tandavnews.com
Fact ~ In search of truth

नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भई गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका लागि ‘थिङ्क ट्याङ्क’का रूपमा रूपान्तरित हुन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न कोषको बैठकमा प्रधानमन्त्री ओलीले प्राप्त रकमको सदुपयोग वा दुरुपयोग के भइरहेको छ त्यसको समेत लेखाजोखा गर्न आग्रह गर्दै अनुदान दिएर मात्र नभई नीतिगत परिवर्तनमार्फत गरिबी उन्मूलन गराउन निर्देशन दिएका हुन् ।

कोषका उपाध्यक्ष निर्मल भट्टराईका अनुसार बैठकमा कोषलाई थिङ्क ट्याङ्कका रूपमा विकास गर्ने चालू आवका लागि पाँच करोडको बजेट स्वीकृत गर्ने र विश्व बैंकको सहयोगमा सञ्चालित १९ अर्बको बजेटलाई पुनर्संरचना गरी स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.