www.tandavnews.com
Fact ~ In search of truth

शिव हमालको उत्कृष्ट सिर्जनामा ‘सिलौटो’ सार्वजानिक

पोखरा,

ताण्डव न्युज ।

चर्चित सर्जक शिव हमालको उत्कृष्ट सिर्जनामा अर्को नयाँ गीत बजारमा आएको छ ।

Batas

‘सिलौटो’ नामक गीतलाई सर्जक हमालले संगीत र शब्दमा उत्कृष्टता दिएका छन् । यसअघि करोड क्लबमा पुगेको‘लालुमै, लाउछ माया, साइलो र पातली’मा हमालले श्रोतादर्शकको साथ पाएका थिए । पछिल्लो समय बजारमा आएको गीत ‘सिलौटो’ ले पनि दर्शकको माया पाउने आशामा रहेको हमाल बताउँछन् ।

उक्त गीतमा विष्णु माझी र वालकुमार श्रेष्ठको स्वर रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा चर्चित गायक कुलेन्द्र विक र मरिस्का पोखरेलको दमदार अभिनय देख्न सकिन्छ । भिडियोमा एक सय २० कोरस नचाइएको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।

भिडियोलाई असोज १२ गते घटस्थापनाको दिन चन्द्रसूर्य फिल्म्सको अफिसियल युटुव च्यानलबाट सार्वजानिक गरिएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.