www.tandavnews.com
Fact ~ In search of truth

बिदाका दिन पनि पशुपतिको भेटी बैंक दाखिला गरिने

काठमाडौं ।

पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ ।

पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिबहादुर पाण्डेले दैनिक भेटी गणना गरी बैंकमा दाखिला गर्ने कार्यको शुरुवात गरेका हुन्।

कोषले विसं २०६६ चैत २६ गतेदेखि पशुपतिनाथ मन्दिरमा दानपेटिका राखी भेटीघाटी पारदर्शी गर्न शुरु गरेको थियो । भेटघाटी पारदर्शी गर्नुअघि कोषले नियमावली नै जारी गरेर पशुपतिनाथका भट्टहरुलाई तलब दिने व्यवस्था गरेको थियो । यो व्यवस्था गरेदेखि कोषकै कर्मचारीले भेटी गणना गरी बैंकमा दाखिला गर्ने गरेका थिए । कोषकै कर्मचारीले गणना गर्दा सार्वजनिक बिदाका दिन भेटी बैंकमा दाखिला हुन सक्दैन थियो ।

कोषका तर्फबाट कोषाध्यक्ष डा मिलनकुमार थापा, लेखा एवं संस्कृति शाखा प्रमुख प्रेमहरि ढुङ्गाना र प्रशासकीय अधिकृत गौरीशुङ्कर पराजुली तथा बैंकका तर्फबाट बत्तीसपुतली शाखा प्रबन्धक टीना श्रेष्ठ र जनसम्पर्क अधिकृत श्रुति राणाले गणनाको अनुगमन गर्ने जानकारी सो अवसरमा दिइएको थियो ।

दैनिक भेटीघाटी गणना गरी बैंक दाखिला गर्ने क्रममा कोषको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मुचुल्का उठाउनेछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.