www.tandavnews.com
Fact ~ In search of truth

सभामुख महरालाई लागेको आरोप पुष्टि भए के हुन्छ ? मुलुकी संहितामा यस्तो छ ब्यवस्था !

ताण्डव न्यूज ।  अहिले संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथी गम्भीर आरोप लागेको छ । घटनाले अब कस्तो रुप लिन्छ भन्ने चासो पनि बढिरहेको छ । अब महरामाथी लागेको आरोपले कस्तो रुप लिन्छ त्यो समयले बताउला । तर, उक्त आरोपमाथी छानविन भएर महरा माथीको आरोप प्रमाणीत भए महरामाथी के कारबाही हुन्छ त ? यस मुद्धामा संविधानको भाग ८ धारा ९१ आकर्षीत हुनेछ । महरामाथि लागेको बलात्कारको आरोप मुलुकी फौजदारी संहितासमेत आर्कषित हुने देखिन्छ। धारा ९१ को ६ अनुसार उक्त आरोप लागेपछि पद नै रित्त गर्नुपर्ने पनि ब्यवस्था छ ।
के छ संविधानको धारा ९१ को उपधारामा
धारा ९१ को उपधारा ७ मा प्रतिनिधिसभाको सभामुखले पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता प्रतिनिधिसभाको उपसभामुखले गर्ने र त्यस्तो प्रस्तावको छलफलमा प्रतिनिधिसभाको सभामुखले भाग लिन र मत दिन पाउने उल्लेख छ।
संविधानको व्यवस्था हेर्दा महराले बलात्कारको प्रयास गरेको कुरा दुई तिहाइ बहुमतबाट पारित हुनुपर्ने देखिन्छ। छानबिन समिति गठन गरेर दोषी ठहर भएमा सभामुखमाथि मुलुकी फौजदारी संहिता अनुसार मुद्दा चलाउन भने यो व्यवस्थाले बाधा गर्ने छैन।


मुलुकी संहितामा यस्तो छ ब्यवस्था
मुलुकी फौजदारी संहिता २१९(३) को ङ अनुसार कारबाही हुनुपर्ने देखिन्छ। उक्त व्यवस्थामा सात वर्षदेखि १० सम्मको सजाय हुने उल्लेख छ। महरा सभामुखको जिम्मेवारीमा रहेको र उनकै कार्यालयमा काम गर्ने कर्मचारीले आरोप लगाएकाले संहिताको दफा २२२ को २ पनि थप आर्कषित हुनेछ। उक्त व्यवस्थामा आफ्नो सुरक्षा र संरक्षणमा रहेको व्यक्ति भएमा थप ३ वर्षसम्म कैद सजाय हुने उल्लेख छ। यसरी हेर्दा महरा दोषी ठहर भएमा १३ वर्षसम्मको कैद सजाय हुने देखिन्छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.