www.tandavnews.com
Fact ~ In search of truth

नेकपा निर्णय : ‘सभामुख र सांसद पदबाट महराले राजीनामा दिनुपर्छ’

पोखरा
ताण्डव न्यूज ।

सत्तारुढ दल नेकपाले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिनुपर्ने निर्णय गरेको छ । दलको आज बसेको सचिवालय बैठकले सभामुख र संसद पदबाट राजीनामा दिएर छानविनको बाटो खुलस्त पार्नुपर्ने जनाएको हो ।

बैठकपछि बोल्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘नैतिक आचरणको सम्बन्धमा आएका समाचारहरुप्रति पार्टीको गम्भिर ध्यानाकर्ष भएको छ । आज बसेको बैठकले सभामुख कृष्णबहादुर महराले सभामुख र प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएर छानविनको बाटो खुलस्त पार्नुपर्छ भन्ने निर्णय गरेको छ ।’

Batas

सभामुख महरालाई संसद सचिवालयमा कार्यरत एक महिलाले बलात्कार गरेको आरोप लागेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.