www.tandavnews.com
Fact ~ In search of truth

पोखराका बैंकमा नयाँ नोट साट्नेको भीड

पोखरा
ताण्डव न्युज ।

दशैंको अवसरमा पोखराका बैंकहरुमा नयाँ नोट साट्नेको भीड लागको छ । नेपाल राष्ट्र बैंक पोखरा शाखाले असोज १० गतेदेखि नयाँ नोट साट्न सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा. डिल्लीराम पोख्रेलका अनुसार ६० बर्ष माथिका उमेर समूहका लागि र बैंक तथा वित्तीय संघ संस्था एवं अन्यलाई गरी तीन वटा काउन्टरबाट सटही सुरु भएको छ । यसवर्ष गत बर्ष भन्दा केही कम रकम सटही हुने राष्ट्र बैंकले जनाएको छ ।

Batas

५, १०, २०, ५०, १०० को नोट एक÷एक बण्डल गरी प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँ मात्र सटही गर्न पाउने व्यवस्था बैंकले गरेको छ । गत बर्ष राष्ट्र बैंकले प्रति व्यक्ति २७ हजारसम्म अर्थात एक सयको एक बन्डल बाहेक ५, १०, २०, ५० रुपैयाँका दुई÷दुई बन्डल दिने गरेको थियो ।

बैंकका अनुसार हालसम्म सर्वसाधारणको लागि ८ करोड ७८ लाख ३५ हजार रुपैयाँ वितरण गरिएको छ । पोखरामा बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले नयाँ तथा सुकिला नोट गरी करिब ४५ करोड सटही गरि सकेका छन् ।

उनका अनुसार २८ वटा राष्ट्रिय वाणिज्य बैंकले पोखराबाट २८ करोड २९ लाख ६० हजार, विकास बैंकले १५ करोड ४ लाख ५० हजार र ग बर्गका वित्तीय संस्थालाई १ करोड १७ लाख ८० हजार रुपैयाँ सटही गरिसकेका छन् ।

नयाँ नोट साट्नको लागि राष्ट्र बैंकमा बिहान १० बजे देखि वेलुका ४ बजेसम्म सटही हुन्छ भने शुक्रबारको हकमा विहान १० देखि दिउँसो १२ः३० बजेसम्म सटही हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.