www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बुद्धचोकबाट खैरो हिरोईनसहित ३ जना पक्राउ

पोखरा।

पोखरामा खैरो हिरोईनसहित ३ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका –१० बुद्धचोकमा शंकास्पद अवस्थामा हिडि रहेका ३ जनालाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–११ फुलबारी बस्ने वर्ष २२ का नारायण कार्की, महानगरपालिका –१० रामघाटका वर्ष ४३ का खिलेन्द्र गुरुङ, महानगरपालिका १० बुद्धचोकका वर्ष २३ का विवेक खड्का रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट १५ ग्राम खैरो हिरोईन लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका माथि थप अनुसन्धान भईरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.