www.tandavnews.com
Fact ~ In search of truth

‘अव्यवस्थित सडक र सवारी’बारे सांसद थापाद्धारा प्रदेश सरकारको ध्यानाकर्षण

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सांसद विन्दु कुमार थापाले पोखरा लगायत समग्र प्रदेशको सडकको सुरक्षीत नभएको बताएका छन् । यातायात व्यवस्थापनमा प्रदेश सरकार गम्भिर नभएको उल्लेख गर्दै उनले सुझावसहित ध्यानाकर्षण समेत गराएका छन् ।

आजको प्रदेश सभामा ‘प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ माथी छलफलको क्रममा विषेष समयमा बोल्दै सांसद थापाले भने ‘प्रदेशले यातायात सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना र यसको कार्यान्वयन, नियमन प्रदेश सरकारले गर्न सक्ने हुँदा जनअपेक्षा अनुरुप सेवा प्रदान तर्जुमा गर्न आवश्यक छ ।’

Batas

प्रदेशको राजधानी पोखराका सडक र राजमार्गको अवस्था नाजुक रहेकाले सकड यातायात असुरक्षीत रहेको समेत उनको भनाई थियो । असारे विकास कायमै रहेको जिकिर गर्दै उनले समयभित्रै कार्य नसक्ने समस्या रहिआएको परिवेशमा सडक निर्माणका कामहरु गुणस्तरहिन रहेको बताए ।

उनले वर्षाको समयमा पोखरेली खेप्नुपरेको समस्याबारे पनि आवाज उठाए । ‘ढल निकासको उचित प्रबन्ध नहुँदा पोखरा १६ लामाचौर र ६ लेकसाइडको बाराही चोक सडकमा वर्षाको समय हिँड्नै मुस्किल पर्छ । सँगै, सडकका खाल्टाखुल्डीले समेत दुर्घटना निम्त्याइरहेको छ । यो जोखिमलाई तत्काल समाधान गर्नुपर्छ ’ सांसद थापाले भने ।

उनले पोखरामा ट्राफिक लाइटको उपयुक्त व्यवस्थापन र आकाशे पुलको आवश्यकताबारे पनि सरकारलाई ध्यानाकर्षण गराए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.