www.tandavnews.com
Fact ~ In search of truth

अल्फान्जोको पहिलो वार्षिकोत्सब :नवीन के भट्टराई, पल र डिजे एमी आउँदै

सुशान्त गाहा मगर,
पोखरा/ ताण्डव न्यूज।

रिसोर्टको क्षेत्रमा छोटो समयमै छुट्टै छवि जमाएको अल्फान्जो रिसोर्टले असोज अन्तिम साता विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

पोखराको सेदीस्थित रहेको रिसोर्टले पहिलो वर्ष पार गरेको सुखद अवसर (वार्षिकोत्सब) मा आगामी २४ र २५ गते लाईभ कन्सर्ट तथा डिजे सेसनसहित साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।

रिसोर्टका सञ्चालक सुवास भट्टराईले पहिलो दिन नवीन के भट्टराई तथा ब्याण्डको बिशेष प्रस्तुती रहने बताए । उनले पहिलो दिन बार्षिकोत्सबको रौनक बढि हुने बताए । उनका अनुसार नवीन के भट्टराईले दर्जन गीतमार्फत पाहुनाहरुलाई मनोरञ्जन दिनेछन् ।

‘हामीले पहिलो बर्ष सुखद तरिकाले पार गरेको अवसरमा सबैसँग खुशी साटौँ भन्ने हेतुले कार्यक्रम आयोजना गरेका हौं, उनले भने, ‘अझ आगामी दिनमा पनि रिसोर्टले ग्राहकमुखी मुल्य र पारिवारिकमैत्री सेवा सुबिधा दिनेनै छाँै ।’ रिसोर्ट छोटो समयमै लोकप्रिय बनेको बताउदै उनले अल्फान्जोको बिशेष फोटो र लोकेशन प्रसिद्ध रहेको बताए ।

उनले कार्यक्रममा पलको एक्यवेस्टिक प्रस्तुती रहने बताउदै अन्तिम चरणमा डिजे एमीको सेसन रहने समेत जानकारी दिए । उक्त कार्यक्रम दिनको ३ बजे पछि शुरु हुने रिसोर्टले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.