www.tandavnews.com
Fact ~ In search of truth

अस्पताल र चिकित्सकको सुरक्षामा प्रतिबद्ध छौँःस्वास्थ्य मन्त्री यादव

काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले स्वास्थ्य सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मीको सुरक्षाका लागि मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिएका छन् । गृहमन्त्रालयसँगको समन्वय र सहकार्यमा मन्त्रालयले अस्पताल, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान गएको उनले बताए ।

डक्टर्स सोसाइटी अफ नेपालको प्रतिनिधिमण्डलले अस्पताल तथा स्वास्थ्य संस्थामा असुरक्षा बढेको जनाउँदै राज्यमन्त्री डा .यादवलाई एप्रोनसमेत बुझाएका थिए । अस्पतालमा बिरामीको उपचारमा सक्रिय रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र र्दुव्यवहारका घटना बढेको भन्दै सुरक्षाको माग राख्दै मन्त्रालयको ध्यानाकर्षण गराइएको सोसाइटीका महासचिव डा .तोसीमा कार्कीले जानकारी दिए ।

पछिल्लो समय नेपाल चिकित्सक संघले संघका आजीवन सदस्य प्राध्यापक चिकित्सक भोलाराज जोशीमाथि उपचारको विषयलाई लिएर चावहिलस्थित ओम अस्पतालमा र्दुव्यवहार तथा मानमर्दन भएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.