www.tandavnews.com
Fact ~ In search of truth

चावहिलबाट १६ तोला सुनसहित दुई पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । ‘त्रिभुवन विमानस्थलबाट पास भएर चावहिल ल्याइसकेको अवस्थामा पक्राउ गरेका हौँ’, उनले भने ।

पक्राउ परेकासँग प्रहरीले १६ तोला १४ लाल सुन बरामद गरेको छ । उक्त सुनको मूल्य १२ लाख बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारवाहीका लागि राजश्व कार्यालय पठाएको वृत्तले बताएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.