www.tandavnews.com
Fact ~ In search of truth

सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न सकेनःकाँग्रेस

काठमाडौं ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले सभामुखले राजीनामामा उल्लेख गरेका शब्द संविधानको मर्मविपरीत भएको बताए।

पूर्व उपप्रधानमन्त्री सिंहले कानून सबैका लागि बराबर भएको बताउँदै अनुसन्धानमा संलग्न प्रहरीलाई दबाब र प्रभावमा नपरी चनाखो भएर अनुसन्धान गर्न आग्रहसमेत गरे । अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उनको भनाइ थियो ।

पार्टीका पूर्व महामन्त्रीसमेत रहेका सिंहले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य भएमात्र पार्टी बलियो हुने उल्लेख गरे । उनले पार्टीका सबै कार्यकर्तालाई समेटेर नेतृत्वले जिम्मेवारी दिनुपर्नेमा जोड दिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.