www.tandavnews.com
Fact ~ In search of truth

आज रातिदेखि डीभी खुल्दै, फर्म भर्न पासपोर्ट चाहिने

काठमाडौं ।

सन् २०२१को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) आजबाट खुल्ने भएको छ । अमेरिकी समयअनुसार अक्टोबर २ तारिख (आज) मध्यान्ह १२ बजे अर्थात आज रातिबाट आवेदनको म्याद सुरु हुने जनाइएको छ ।

आवेदनको म्याद आगामी नोभेम्बर ५ को मध्यान्ह १२ बजेसम्म रहनेछ । सन् २०२० को मे महिनामा त्यसको नतिजा निस्कने र फर्म भरेपछिको कन्फर्मेसन नम्बर भने नतिजा आउने समयसम्म सुरक्षित राख्नुपर्ने जनाइएको छ ।

आवेदन दिनका लागि म्याद नगुज्रेको आधिकारिक पासपोर्ट हुनुपर्नेछ । इन्ट्री प्रक्रिया पूरा भएपछि राहदानीको बारेमा जानकारी गराउनुपर्ने जनाइएको छ । पति वा पत्नी र छोराछोरीको भने राहदानी नभए पनि हुनेछ ।

बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिकन रिपब्लिक, एलसाल्भाडोर, हैटी, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान,पेरु, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत (उत्तरी आयरल्याण्ड बाहेक) र भियतनामका नागरिकले भने आवेदन हाल्न सक्ने छैनन् ।

चीनको मुख्य भूभागका नागरिकले आवेदन हाल्न नपाए पनि हङकङ, मकाउ र ताइवानका नागरिकले भने आवेदन गर्न पाउने जनाइएको छ । बितेका वर्षमा ५० हजार भन्दा बढी मानिसलाई डीभी परिसकेका देशका नागरिकले भने आवेदन गर्न नपाइने व्यवस्था रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.