www.tandavnews.com
Fact ~ In search of truth

सुनको मूल्य तोलाको ६०० बढ्यो

काठमाडौं ।

मंगलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला ६०० ले वृद्धि भएको छ ।छापावाला सुनको मूल्य प्रतितोला ६९ हजार ८०० कायम भएको महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ६९ हजार २०० मा खरीद बिक्री भएको थियो ।

त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ५०० निर्धारण भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ६८ हजार ९०० मा कारोवार भएको थियो ।सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला १० ले बढेर ८३५ पुगेको महासंघले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.