www.tandavnews.com
Fact ~ In search of truth

जनकपुर–पोखरा हवाई सेवा सुरु गर्नुपर्नेमा मुख्यमन्त्री राउतको जोड

जनकपुर।

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर–पोखरा हवाई सेवा तत्काल सुरु गर्नुपर्ने बताएका छन् ।

गण्डकी प्रदेशले शुरु गरेको आन्तरिक पर्यटन वर्षको प्रचार–प्रसारको क्रममा जनकपुर पुगेको टोलीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।

Batas

प्रर्यटन प्रवर्द्धनको लागि तत्काल जनकपुर–पोखरा हवाई यात्रा शुरु गर्नुपर्नेमा मुख्यमन्त्री राउतलले जोड दिए। उनले प्रचार–प्रसारको कारणले ओझेलमा रहेका पर्यटकिय क्षेत्रहरुलाई अब प्रदेश सरकार आफ्नो जिम्मेवारीमा यसको प्रचार–प्रसारमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश–२ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, पर्यटन व्यवसायीलगायतको उपस्थिति थियो।

उनले पर्यटन क्षेत्रलाई पहिचान गरेर प्रदेश सरकारले पर्यटकीय विकासका लागि यस क्षेत्रलाई आफ्नो प्राथमिकमा राखेर अगाडी बढ्ने बताए।जनकपुरधाममै रहेका धार्मिक ऐतिहासिक महत्व बोकेका मठमन्दिर तथा पोखरीको प्राकृतिक सौन्दर्यतालाई जोडन सकियो भने लाखौँ पर्यटकलाई लोभ्याउन सकिने राउतले बताए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.