www.tandavnews.com
Fact ~ In search of truth

पोखरा खहरेस्थित एक होटलबाट लागूऔषधसहित ४ जना पक्राउ

पोखरा।

पोखरामा लागूऔषध सहित ४ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका –६ खहरेमा रहेको होटल कोकनबाट ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाण्डौ, वडा प्रहरी कार्यलय वैदाम कास्की र लागूऔषध संघीय व्यूरो पोखराबाट खटिएको प्रहरी टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा अवैध लागूऔषध सहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा –९ पृथ्बीचोक बस्ने वर्ष २२ का हसिद नसिब अख्तर अली, भारत मिजोराम साउथ ईण्डिया बस्ने वर्ष ३९ का मिजोराम नियाना, जिल्ला पर्सा घर भई हाल पोखरा–९ पृथ्बीचोक बस्ने वर्ष २८ का सहिद अख्तर मियाँ र जिल्ला तनहुँ शुक्लागण्डकी–९ बस्ने वर्ष २३की रजिया खातुन रहेको प्रहरी उपरीक्षक दिपक रेग्मीले बताएका छन् ।

पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले ४५ पिस रातो रंगको ऐनफेटागन(YABA), प्लास्टिकको झोलामा राखेको अंन्दाजि १५० ग्राम लागूऔषधजन्य सुकेको पात समेत बरामद गरेको छ ।

पक्राउ परेका सबै जना माथि प्रहरीले थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.