www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा करेन्ट लागि एकको मृत्यु

पोखरा ।

गोरखामा करेन्ट लागि एकको ज्यान गएको छ ।

गोरखा आरुघाट गाउँपालिका–९ बगैंचाका ३६ वर्षिय धन बहादुर गुरुङले आफ्नो घरमा बुद्ध धर्मावलम्बीको झण्डा फेर्नको लागि फलामको पोलमा झण्डा फेरी गाड्ने क्रममा बिजुलीको नाङ्गो तारमा छुदाँ करेन्ट लागेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

करेण्ट लागि घाइते भएका गुरुङलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र आरुचनौटे आरुघाटमा पुर्याइएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.