www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी औलागाउँमा चितुवा आतङ्क

म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औलागाउँमा चितुवाले आतङ्क मच्चाएको छ ।

चितुवाको आक्रमणबाट एक हप्तायता चार बाख्रा, दुई कुकुर र २० कुखुरा मरेका छन् । दैनिकजसो रातिको समयमा गाउँमा चितुवा आउने गर्छ । चितुवाको आक्रमणबाट पशुपक्षी मर्ने क्रम बढेपछि औलाका बासिन्दा त्रसित भएको स्थानीयवासी यामप्रसाद पुर्जाले बताए ।

Batas

चितवाले टीका घताने र धनकुमार विकको खोरबाट दुई-दुई बाख्रा र दुई कुकुर मारेको छ । सन्देश रञ्तिजाको १४ र यामप्रसाद रञ्तिजाले पालेका छ कुखुरा खोरभित्रै मारेको छ । चितवाको आक्रमणको डरले स्थानीयवासी समसाँझै घरभित्र ढोका थुनेर बस्न थालेका छन् । घरबाहिरको शौचालय जानलाई समेत त्रास भएको छ ।

बाख्रा कुखुराको खोर मर्मत गरेका छन् । मानिसलाई समेत आक्रमण गर्ने खतरा बढेपछि गाउँलेले सतर्कता अपनाएका छन् । एक्लै हिँडडुल नगर्ने, रातिको समयमा घर बाहिर ननिस्कने, कुखुरा, बाख्रालाई सुरक्षित ठाउँमा सारेका छन् । जङ्गलमा आहरा पाउन छाडेपछि चितुवा गाउँ पस्ने गरेको बताइएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.