www.tandavnews.com
Fact ~ In search of truth

झापाका वडाध्यक्षले बाँडे विपन्नलाई दशैँको कपडा

झापा ।

भद्रपुर नगरपालिका–१० ले वडाभित्रका वृद्धा, असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई दशैँका लागि आज कपडा वितरण गरेको छ ।

वडाध्यक्ष टेकबहादुर खड्काले वडाका पाँच सय बढी अति विपन्न परिवारलाई कपडा वितरण गरेको बताए । उनले वडाभित्र स्थापना गरेको कपडा बैंकमार्फत संकलित र नयाँ खरीद गरेर वितरण गरेको बताए । उनका अनुसार भेष्ट, पाइन्ट, कुर्ता सलवार, सारीलगायतका हजार थान भन्दा बढी कपडा वितरण गरिएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.