www.tandavnews.com
Fact ~ In search of truth

मानव अधिकार आयोग पर्व बिदामा पनि खुल्ला रहने

काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु आगामी दशैँ, तिहार तथा छठ बिदाका दिनमा दिउँसो ११ः०० देखि २ः०० बजेसम्म खुल्ला रहने भएका छन् ।

आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खल्ला राख्ने व्यवस्था मिलाएको आयोगका सचिव वेद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयोगले पर्वका अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.