www.tandavnews.com
Fact ~ In search of truth

दीर्घकालीन विकासका लागि ठुला योजना : मन्त्री अर्याल

स्याङ्जा ।

Lama collectio News Middle

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकार दीर्घकालीन विकासका योजनामा रहेको बताएका छन् ।

वालिङ नगरपालिका–१ मा रहेको देवीस्थान शेरा सामुदायिक भवनको उद्घाटन कार्यक्रममा उनले दिगो विकासका लागि ठूलाठूला योजना अगाडि बढाएको उल्लेख गर्दै सानासाना कामसँगै ठूला काममा पनि सरकारले हात नहाले मुलुकको विकास नहुने बताए ।

मन्त्री अर्यालले भने, “यहाँ विकासका ठूलाठूला योजनाका कुरा गर्दा खिसिटिउरे गरिन्छ, हावामा उडाइन्छ, योजना नबनाईकन सपना नदेखीकन कसरी काम हुन्छ ?” उनले नेपालमा पाइपलाइनबाट इन्धन ल्याउने रेल र पानी जहाजका कुरा गर्दा हावामा उडाउने पाइपलाइनबाट इन्धन आउँदा ट्वाल्ल परेको बताए । उनले पाँच वर्षका लागि निर्माण भएको यो सरकारले विकास निर्माणको जग बसालेर छाड्ने उल्लेख गरे।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले तीनै तहको सहभागिता बिना देशको विकास सम्भव नभएको उल्लेख गर्दै स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारबीच समन्वय गरेर काम गर्नुपर्ने बताए ।

सामुदायिक भवन निर्माणका लागि सरकारबाट १२ लाख ३० हजार, चन्दा सहयोगबाट १५ लाख ५३ हजार ३४२, देउसीभैलोबाट ११ लाख ९५ हजार ३७५ र जनश्रमदानबाट आठ लाख ९६ हजार गरी ४३ लाख ७६ हजार ७१७ को लागतमा भवन निर्माण गरिएको स्थानीयवासी लक्ष्मीपति पौडेलले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery