www.tandavnews.com
Fact ~ In search of truth

वरिष्ठ नेता खनाल र अमेरिकी राजदूतबीच भेट

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि अमेरिकन राजदूत रेड्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

खनाल निवास डल्लुमा भएको भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नेपाल र अमेरिका बीचको मैत्रीपूर्ण सम्बन्ध अझ विकास होस् भन्ने कामना गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

अमेरिकाका राजदूतले नेपाललाई अमेरिकाले सहयोग जारी गर्न चाहेको र खासगरी देशमा स्थायित्व स्थापना भएकाले अमेरिकाको सहयोगलाई विस्तार गर्न तयार भएको जनाए । भेटमा खनालका विदेश मामिला सहयोगी मिलन तुलाधरको पनि उपस्थिति थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.