www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंमा अशक्तलाई ह्वीलचियर वितरण

काठमाडौं ।

शारीरिकरुपमा अशक्त व्यक्तिलाई ह्वीलचियर वितरण गरिएको छ । स्वावलम्बन जीवन पद्धति केन्द्र, इन्फिनिटी ल्याब र बालाजु स्कूल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी कलेजको संयुक्त सहभागितामा निर्माण गरिएको ह्वीलचियर ३० जनालाई वितरण गरिएको हो ।

रिपब्लिक अफ सान मारिनो सरकारको छ लाख ५० हजार आर्थिक सहयोगमा निर्माण गरिएको उक्त ह्वीलचियर सान मारिनोका पूर्वराष्ट्रप्रमुख मिर्को तोमा सोनीले हिजो वितरण गरे ।

कार्यक्रममा पूर्वराष्ट्रप्रमुख सोनीले शारीरिकरुपमा अशक्त भएका व्यक्तिलाई सहयोग गर्न पाएकामा खुशी व्यक्त गरे । ‘म आफुँ अशक्त भएकाले अशक्तहरुको पीडा मैले बुझेको छु, त्यसैले मजस्ता अरु व्यक्तिको सहयोग गर्न पाउँदा मलाई आनन्द आउँछ,’–उनले भने । आगामी दिनमा पनि सहयोग गर्ने उनको भनाई थियो ।

बालाजु स्कूल अफ इन्जिनीयरीङ एण्ड टेक्नोलोजी कलेजका प्राचार्य निर्मल न्यौपानेले बालाजु कलेजले विभिन्न सङ्घ संस्थाको सहयोगमा सामाग्री उत्पादन गरी सहयोग गर्दै आइरहेको जानकारी दिए ।

स्वाबलम्बन जीवन पद्दती केन्द्रका अध्यक्ष गणेश केसीले केन्द्रले विस २०६३ देखि ह्वीलचियर निर्माण गरि शारिरीक अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्दै आइरहेको जानकारी दिए । केन्द्रले हालसम्म २०० भन्दा बढी व्यक्तिलाई ह्वीलचियर प्रदान गरिसकेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.