www.tandavnews.com
Fact ~ In search of truth

पक्राउ परेका महरामाथि यस्ताे सजाय हुनसक्छ !

पाेखरा ।  

बलात्कार प्रयास गरेको जाहेरी परेसँगै प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ । सभामुखको सरकारी निवासबाट महरालाई साझ ६ वजे प्रहरीले पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न ठुलो संख्यामा प्रहरी बालुवाटार पुगेको थियो । महरालाई पक्राउ गरेपछि नीजि नम्बर प्लेटको भ्यानमा प्रहरी चौकी लगिएको छ ।

Batas

जिल्ला अदालत काठमाडौंबाट आइतवार पक्राउ पुर्जी जारी भएसँगै महरालाई प्रहरीले पक्राउ गरेको हो ।

यस्ताे हुन सक्छ हुन्छ सजाय ?

बलात्कार प्रयास गरेको अभियोगमा कानुनअनुसार महरालाई ५ वर्षसम्म जेल सजाय हुन सक्ने छ ।

मुलुकी फौजदारी संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ भने जबरजस्ती करणीको प्रयास गरे त्यसको आधा सजाय हुने व्यवस्था रहेको छ ।

यस कानून अनुसार करणी प्रयास प्रमाणित भएमा उनीमाथि साढे तीनदेखि ५वर्ष सम्मको सजाय हुन सक्छ ।

शुक्रवार रोशनी शाहीले महराले आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै किटानी जाहेरी दर्ता गरेकी थिईन् ।

किटानी परेसंगै अदालतको आदेश लिएर प्रहरीले महरालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेसंगै उनीमाथि अनुसन्धान गर्नेछ र अदालतमा पेश गर्नेछ ।

अब २८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा उपस्थित गराउनेछ ।

अहिले दशैं विदाका कारण अदालत बन्दछ । जिल्ला अदालत भने अपरझट पक्राउ गर्न अनुमति दिनुपर्ने भएकोले खुला भएको हो ।

अदालतमा पेश गरेसंगै प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद थप्न अनुमति लिन सक्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.