www.tandavnews.com
Fact ~ In search of truth

पोखरा वडा नं. ४ अगाडी विद्युतको पोलमा आगलागी ! (तस्बिरहरु)

पोखरा ।
पोखरा महानगरपालिका ४ को वडा कार्यालय अगाडीको विद्युतको पोलमा लाईन सर्ट भएर आगलागी भएको छ । आज सोमबार विहानै साँढे ५  बजे नीजी कम्पनीका इन्टरनेट, केबलका तारहरु सर्ट भई आगोलागी भएको हो । ‘पोलमा तारहरु गुजुल्टीएका छन्,’ वडा अध्यक्ष शंकर बास्तोलाले भने, ‘भद्रगोल तबरले तारहरु टाँगेकोले लाइन सर्ट भएर आगोलागी भयो । समयमै दमकल बोलाएर आगो निभाउन पाइयो र ठुलो क्षति हुन बाट जोगाइयो ।’

पोखरा महानगरपालिका ४ कै गणेश टोलमा पनि केहि समय अघि यस्तै प्रकृतिले आगोलागी भएको थियो । त्यस्ता अागाेलागीका  घटना हुन नदिन भन्दै पोखरा महानगरपालिकाले एक वर्ष अघि अब्यवस्थित तार हटाउने भनेर अभियान सुरु गरे पनि विद्युत प्राधिकरणसँग समन्वय गर्न नसक्दा त्यसले निरन्तरता पाउन सकेको छैन ।

Batas

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.