www.tandavnews.com
Fact ~ In search of truth

बाँकेमा ९८ हजार नगदसहित जुवाडे पक्राउ

बाँके ।

नेपाल प्रहरीले ९८ हजार नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जुवा खेलिरहेका अरू तीन जना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्रीका साथबाट ९८ हजार २०० नगद रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.