www.tandavnews.com
Fact ~ In search of truth

मिटरमा जान नमान्ने पोखराका ५३ ट्याक्सी प्रकाउ

पोखरा ।

मिटरमा जान नमान्ने ५३ ट्याक्सी र चालक पक्राउ परेका छन् ।

चाडबाडको समयमा पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा मिटर जान नमानी आफू खुसी भाडा लिने ४८ वटा ट्याक्सी र मिटर नै जडान नगरी स्वइच्छाले ट्याक्सी चलाउने ५ गरि जम्मा ५३ वटा ट्याक्सी र चालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रकाउ परेका चालकमाथि आवश्यक कारबाही हुने प्रहरीले जनाएको छ । सर्वसाधारण यात्रुसँग बढी भाडा लिने, मिटरमा जान मान्ने प्रवृत्तिको नियन्त्रण तथा निराकरण गर्न छड्के चेकिङ, गस्ती, पेट्रोलिङ तथा स्विप अपरेशन गर्ने गरेको प्रहरीले जनाएको छ ।

यात्रा गर्ने क्रममा मिटरमा जान नमान्ने वा वार्गेनिङ गरी जबरजस्ती गरेमा प्रहरी कन्ट्रोल रुम १००,९८५६०-३९५९९,कार्यालय प्रमुखको ९८५६०-०५५५५ , प्रवक्ता ९८५६०-३५५१२ र ट्राफिक प्रहरी कण्ट्रोल रुमको नं। १०३ मा सम्पर्क गर्न प्रहरीको आग्रह छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.