www.tandavnews.com
Fact ~ In search of truth

स्ट्रेसमा महरा , केही दिन अस्पतालमै रहने

काठमाडौं ।

बलात्कारको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई स्ट्रेसको समस्या देखिएको छ । प्रहरी हिरासतमा रहेका महरा अनिद्रा र तनावको समस्याका कारण अझै केही दिन अस्पताल बस्ने भएका छन्।

प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि असोज २३ गते उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको थियो।उनको रगतमा सुगर देखिएको छ। औषधी खाएकाले रक्तचाप केही ठीक भए पनि महरालाई अहिले अनिद्रा र तनाव (स्ट्रेस) को समस्या रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनलाई हाल क्याबिनमा राखिएको छ।संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले अदालतको अनुमति लिएर सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको हो ।

उनको बयान असोज २८ गते अदालत खुलेपछि मात्र हुने भएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.