www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस सांसद आलम गिरफ्तार, पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप

रौतहट ।

पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले गिरफ्तार गरेको छ। आलमलाई आइतबार बिहान रौतहटस्थित उनकै निवासबाट गिरफ्तार गरेको हो ।

आलम रौतहट २ बाट प्रतिनिधि सभा सदस्य छन्। २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप आलममाथि छ। पाँचमध्ये दुई जनाको परिवारले त्यहीबेला आलमविरूद्ध जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा आलम पक्राउ परेको रौतहट प्रहरीले जनाएको छ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.