www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

काठमाडौं ।

नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गरेका छन् ।

दुई देशबीचको प्रतिनिधिमण्डस्तरीय वार्ता र सम्झौतापछि प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग उनी रहेको होटेलमा अलग्गै भेटवार्ता गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा .कुन्दन अर्यालले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका राष्ट्रपति सी आज स्वदेश फर्कने क्रममा होटलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.