www.tandavnews.com
Fact ~ In search of truth

याङजाकोटको प्राचीन ऐतिहासिक झयाली पोखरी पुनःनिर्माण

पोखरा । 

कास्कीको मादी गाउँपालिका–३ याङजाकोटमा गाउँको बीचमा रहेको प्राचीन ऐतिहासिक झयाली पोखरीको पुनःनिर्माण गरिएको छ ।

मादी गाउँपालिकाद्वारा करीब रु १५ लाख ४८ हजार ७०० को लागतमा पोखरीको पुनःनिर्माण गरी बीच भागमा भगवान बुद्धको मूर्ति स्थापना एवं चारैतिर तारबारले घेरिएको छ । पुनःनिर्माण एवं संरक्षण योजनामा स्थानीयको साथ सहयोगका कारण योजना तोकिएकै समयमा चित्त बुझ्दो रुपमा सम्पन्न भएको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले जानकारी दिए ।

Batas

कतिपय अवस्थामा योजना र पैसा मात्रै भएर काम सम्पन्न नहुने बताउँदै उनले यसलाई सम्पन्न गर्न नेतृत्व गर्ने व्यक्तिको पनि त्यतिकै ठूलो भूमिका रहने उल्लेख गरे । आगामी दिनमा याङजाकोटमा लाग्ने बुद्धजयन्ती मेलामा पोखरीको बुद्ध मूर्तिमा पूजा गरेर मेला शुरु गर्न सकिने उनको भनाइ छ ।

पोखरीमा रङरोगन गरी अझै सुन्दर बनाउने काम बाँकी रहेको बताउँदै उहाँले आगामी दिनमा पोखरीको वरिपरि बाटो ढलान गर्ने, फूल रोप्ने, बत्ती जडान गर्नेलगायतका काम गरिने जानकारी दिए । झयाली पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्य गुरुङले ऐतिहासिक पोखरी पुनःनिर्माणसँगै यसले यहाँको सुन्दरता थपेको र पर्यावरणीय संरक्षणमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।(रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.