www.tandavnews.com
Fact ~ In search of truth

कास्की आदर्श सेवा समाजको रक्तदान, ३३ युनिट संकलन

पोखरा,
ताण्डव न्यूज ।

कास्की आदर्श सेवा समाज युएईको आयोजनामा पोखरामा सोमबार भएको रक्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको छ ।

‘एक थोपा रगत आफ्नै माटोको लागि’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित उपाध्यक्ष तिलकशाली सापकोटाले कास्की आर्दश सेवा समाज युएईका अध्यक्ष केदार कुँवरलाई व्लड व्याग हस्तान्तर गरी रक्तदान कार्यक्रम सुरु गरिएको थियो ।

Batas

कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित उपाध्यक्ष निरज थापा, क्षेत्रीय रक्तसञ्चारका प्रमुख धुव्रमणी लामिछाने, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित साँस्कृतिक संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उप–महासचिव चोलेन्द्र पौडेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य घनश्याम रिजाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको द्धितीय उपाध्यक्ष लोकदोहोरी गायिका तुलसी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

आदर्श सेवा समाज युएईको दोस्रो रक्तदान कार्यक्रममा समाजसेवी, विद्यार्थी, कलाकार, सर्वसाधरण लगायतले रक्तदान गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.