www.tandavnews.com
Fact ~ In search of truth

खाना पकाउने ग्यास सिलिन्डर विस्फोट १२ जनाको मृत्यु

एजेन्सी– भारतको उत्तर प्रदेशको मऊ जिल्लास्थित एउटा घरमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोटन हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् ।

सोमवार विस्फोटनका कारण दुईतले घरसमेत  भत्किएको छ । घाइतेको उद्धारकार्य जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घरको भग्नावशेषमा अरू मानिस पुरिएको हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

ठूलो विस्फोटनको आवाज सुनिएको र त्यसपछि उक्त घरमा आगो लागेको आफूले देखेको छिमेकीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएको बीबीसीले जनाएको छ ।

Batas

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.