www.tandavnews.com
Fact ~ In search of truth

यात्रा गर्दा वान्ता हुन्छ? वान्ता रोक्ने यस्ता छन् घरेलु उपाय !

पोखरा ।

सवारी साधन विशेषगरि बसमा यात्रा गर्दा रिंगटा लाग्ने र वान्ता हुने समस्या धेरै मानिसहरुमा हुन्छ । कतिपय मानिस त झन् वान्ता भएकै कारण बिरामी नै पर्ने गर्छन् तर बिरामी भएपनि यात्रा गर्नु हामी सबैको बाध्यता हो । खासगरि दशैँ तिहार लगायतका चाडपर्वमा यात्रा गर्नै पर्छ । अझ चाडपर्वको घुइचो र धकेलाधेकलमा वान्ता हुने समस्या झनै बढि हुन्छ ।

नेपालीहरुको महान चाड दशैं सकिएको छ । दशैं मनाउँन गाउँघरमा पुगेका धेरै व्यक्तिहरु यतिबेला कार्यक्षेत्रमा फर्किदै छन् । तपाई पनि घरमा दशैं मनाएर कार्यक्षेत्रमा फर्कदै हुनुहुन्छ होला ।

Batas

घरबाट कार्यक्षेत्रमा यात्रा गर्न बस, माइक्रो, ट्याक्सी आदिको प्रयोग गर्नुहुन्छ होला । बास, माइक्रो तथा ट्याक्सीमा यात्रा गर्दा धेरैलाई वान्ता हुने समस्या हुनसक्छ ।

कोही मानिसमा यात्रामा निस्कन साथ वान्ता गर्न थााल्छन् भने कसैकसैलाई लामो यात्रा गर्दा समस्या देखा पर्छ । वान्ता हुनु आफैंमा एक कष्टकर क्षण हो । शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपन समेत हराएर जान्छ तर यो समस्याको पनि समाधान छ ।

यदि तपाइ वान्ताको समस्या भोगिरनु भएको छ भने आफैंले केहि घरेलु उपायबाट समस्याको समाधान गर्न सक्नुहुन्छ ।

वान्ता हुन नदिन यस्तो गनुर्स

–यदि तपाईलाई बसमा यात्रा गर्दा वान्ता हुन्छ भने मुखमा ल्वाङ चुसेर राख्नुहोस् वा सुकमेल खानुस जसले गर्दा वान्ता हुने समस्या कम हुने गर्दछ

–वान्ता हुने व्यक्तिहरूले यात्रा गर्दा जामुन पत्रको रस,कागती र पुदिनाको जुस पिउँदा पनि यस्तो समस्याबाट राहत मिल्दछ

–काँचो आँपको सेवन गर्दा खाना पचाउन सहयोग गर्नका साथै त्यही आँपको पातले वान्ता रोक्ने काम पनि गर्दछ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर पिउनाले पनि वान्ता हुने समस्या कम हुने गर्दछ

–दैनिक भान्सामा प्रयोग हुने अदुवामा पनि वान्ता रोक्ने औषधीय गुण हुन्छ । यसरी यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसिरहँदा, अदुवा राखेको चिया पिउँदा वान्ता हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

–यात्रा गर्ने क्रममा मुखमा सौंफ राखेर चपाइरहँदा पनि यस्तो समस्याबाट छुटकारा मिल्ने गर्दछ ।

–यात्रा गर्नुअघि केही खानेकुरा खाने ।

–वान्ता हुन लागेमा लामो–लामो श्वास लिने,

– यात्रा गर्दा वान्ता हुने समस्या छ भने सकेसम्म अगाडिको सिट वा झ्याल भएको सिटमा बस्ने,

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.