www.tandavnews.com
Fact ~ In search of truth

अदालतमा आज शोक विदा, महरालाई भोलि पेश गरिने

काठमाडौँ ।

पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनमा आज देशभरका अदालतमा शोक विदा दिइएको छ । पूर्व प्रधानन्यायधीश उपाध्यायको गत असोज १० गते निधन भएको थियो ।

अदालतहरुमा गत असोज १२ गते घटस्थापनाको दिनदेखि हिजो २६ गते कोजाग्रत पूर्णिमासम्म दशैं विदा दिइएको थियो । पूर्व प्रधानन्यायाधीश उपाध्यायको निधनको शोकमा देशभरका अदालत तथा न्यायाधिकरणहरुमा एक दिन शोक विदा दिने प्रचलनअनुसार विदा दिइएको सर्वोच्च अदालतले जनाएको छ । भोलिबाट अदालतले आफ्नो काम कारवाही सुरु गर्ने छ ।

Batas

यससँगै, बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालत खुलेलगत्तै भोलि काठमाडौं जिल्ला अदालतमा पेश गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.