www.tandavnews.com
Fact ~ In search of truth

क्रिकेट कप्तान पारस खड्काद्धारा पदबाट राजीनामा

काठमाडौं ।

 

२२ वर्षको उमेरदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी जिम्मेवारी समाल्दै आएका कप्तान पारस खड्काले राजीनामाको घोषणा गरेका छन्।

खड्काले आज प्रेस विज्ञप्ति जारी गरेर राजीनामाको घोषणा गरेका हुन् । खड्का १० वर्षदेखि राष्ट्रिय टोलीका कप्तान थिए ।नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन आईसीसीले फुकुवा गरेको भोलिपल्ट उनले राजीनामा दिएका हुन् ।

Batas

पारसले नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने चाहानाले कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको बताएका छन् ।पारस नेपाली क्रिकेट टोलीका सफल कप्तान मानिन्छन् । उनले नेपाली क्रिकेटमा लामो समय उत्कृष्ट प्रदर्शन गरेका छन् ।

पारसले सन् २००९ को एसीसी टी–२० कपका लागि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका थिए।उनको नेतृत्वमा नेपालले डिभिजन–५ देखि एकदिवसीय टिम र टी–२० टिमको मान्यता पायो।सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपको नेपालको नेतृत्व गरेका पारसले नेपालका लागि एकदिवसीय र टी–२० शतक हान्ने रेकर्ड बनाएका छन्।

पारसले सन् २००४ मा इन्टरकन्टिनेन्टल खेल मार्फत् नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.