www.tandavnews.com
Fact ~ In search of truth

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राप्रपा सांसद प्रमोदकुमार साहविरुद्ध पक्राउ पूर्जी

काठमाडौं ।

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदविरूद्ध जिल्ला अदालत जनकपुरले पक्राउ पूर्जी जारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय जनकपुरको अनुरोधमा अदालतले सांसद प्रमोदकुमार साहविरूद्ध आज (मंगलबार) पक्राउ पूर्जी जारी गरेको हो।प्रहरीको अनुरोधमा अदालतले उनलाई पक्रन पूर्जी जारी गरेको स्रोतले बताएको छ । अदालतबाट पूर्जी जारी भएकाले सांसद साहलाई पक्रन देशभरि पत्राचार गरिने भएको छ ।

Batas

सर्लाहीबाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए।समयमा जहाज नआएको भन्दै राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार दिउँसो बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा अभद्र व्यवहार गरेका हुन्।

समयमा जहाज नआएको र व्यवस्थापनमा लापरबाही भएको भन्दै आवेशमा आएका उनले काउन्टरमा तोडफोड समेत गरेको जनाइएको छ ।बुद्ध एयरको काउन्टरमा यस्तो घटना भएपछि नेपाल वायुसेवा सञ्चालक संघले सात दिनभित्र दोषीलाई कारबाही नगरे उडान बन्द गर्ने चेतावनी दिएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.