www.tandavnews.com
Fact ~ In search of truth

आफ्नै साथीलाई छुरा प्रहार गर्ने पक्राउ

धरान ।

Lama collectio News Middle

आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान–५ देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए ।

उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।आजै जिल्ला अदालत इनरुवाबाट म्याद थप गरी अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

सविनको पेट, ढाड, बायाँ काखीमुनि र निधारको यत्रतत्र भागमो छुरा प्रहार भएको थियो । सविनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop