www.tandavnews.com
Fact ~ In search of truth

फेरी अर्का सांसद प्रहरी खोरमा

पोखरा ।

जनकपुरस्थित विमानस्थल तोडफोड गरेको अभियोगमा राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद कुमार साह पक्राउ गरेका छन् ।  विमानस्थलको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धुनषामा सोमबार उजुरी परेसँगै उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले काठमाडौं विमानस्थलबाट पक्राउ गरेको हो ।

सर्लाहीबाट निर्वाचित सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए ।

Batas

आजै नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरेको थियो । सो ऐनको अन्तर्गत अपराध गरेको खण्डमा ५ वर्ष देखि १० वर्ष सम्मको कैद हुने प्रावधान छ  ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.