www.tandavnews.com
Fact ~ In search of truth

उपनिर्वाचनः तीन–तीन उम्मेदवार सिफारिस गर्न नेकपाको निर्देशन

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बैठकले आउँदो कात्तिक १० गतेभित्र जिल्ला र प्रदेश कमिटी हुँदै तीन–तीन जनाको नाम सिफारिस गर्न निर्देशन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाको हकमा केन्द्रले र स्थानीय तहको हकमा मातहतको कमिटीले निर्णय गर्नेछ ।

Batas

बैठकले केन्द्रीय सङ्गठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई सदस्यमा चयन गरेको छ । सो विभागमा यसअघि नेता वामदेव गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुखमा चयन भइसकेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.