www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको भाटडाँडास्थित नमूना कृषि गाउँ निरीक्षण

तनहुँ ।

गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ निरीक्षण गरेका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ र १२ भाटडाँडामा सञ्चालित नमूना कृषि गाउँ आज अवलोकन गर्दै त्यहाँका गतिविधिबारे उनले जानकारी लिएको हो । निरीक्षणका क्रममा उनले फार्ममा सबै पूर्वाधार निर्माण भइसकेकाले अब व्यावसायिक उत्पादनमा लाग्न स्थानीयवासीलाई आग्रह गरे ।

Batas

नमूना कृषि कार्यक्रमले आफूहरुलाई उत्साहित बनाएको कार्यक्रममा सहभागी कृषकले बताएका थिए । गण्डकी प्रदेशका ३६ गाउँलाई नमूना कृषि गाउँको रूपमा विकास गर्ने गरी विसं २०७५ चैत १० गते गण्डकी प्रदेश सरकारले सो नमूना कृषि गाउँ औपचारिक शुरुआत गरेको थियो ।

प्रदेशसभा सदस्यको सिफारिसमा ‘एक निर्वाचन क्षेत्र एक नमूना कृषि गाउँ’का रूपमा विकास गर्ने गरी गण्डकी प्रदेशको ३६ निर्वाचन क्षेत्रमा अहिले ३६ वातावरणमैत्री कृषि फार्म सञ्चालन भएका छन् ।

नमूना कृषि गाउँमा उक्त दुई वडाका ९० घरधुरी आबद्ध छन् । सो कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले उक्त ठाउँमा २५ लाख तीन हजार ५०० अनुदान दिएको छ भने समुदायले चार लाख तीन हजार ५०० लगानी गरेको शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए ।

सो कार्यक्रमअन्तर्गत यहाँका कृषकले व्यावसायिकरुपमा मौरीपालन, माछापालन, तरकारी उत्पादन, गोठ सुधारलगायत काम गरेका छन् । त्यसका लागि प्रदेश सरकारले कृषकलाई मौरीघार, टनेललगायतका सामग्री प्रदान गरेको थियो ।

प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्यबमोजिम जिल्लाको भानु नगरपालिका–११ को बाँसखर्क, भिमाद नगरपालिका–९ को पाथर्दी, शुक्लागण्डकी नगरपालिका–९ र १२ को भाटडाँडा र लिलाचोक र आँबुखैरेनी गाउँपालिका–४ को भाँगेमा सो कार्यक्रम सञ्चालन भइरहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.