www.tandavnews.com
Fact ~ In search of truth

स्थगित एनआरएनएको मतदान अहिले १० बजेदेखि पुन सुरु हुने

काठमाडौं ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि बुधबार(हिजो) स्थगित भएको मतदान आज पुनःसुरु हुने भएको छ ।

सम्मेलनस्थलमा तनाव भएपछि बुधबार स्थगित भएको मतदान आज (बिहीबार) बिहान १० बजेदेखि पुनः सुरु हुन लागेको हो।नयाँ नेतृत्व चयनका लागि बुधबार साँझ ८ बजेदेखि सुरु भएको मतदान केही बेरमै स्थगित भएको थियो।

भोटिङ सिष्टममा गडबडि आएपछि निर्वाचन स्थगित गर्नु परेको निर्वाचन समितिले जनाएको छ। विद्युतीय मतदान गर्ने भोटिङ मेसिन बिग्रिएकाले मतदान स्थगित गरिएको आयोजकको भनाई छ।

निर्वाचन स्थगित भएपछि मतदाता भने आक्रोशित भएका छन्। करिब तीन घण्टा ढिलो गरी सुरु भएको मतदान पुनः स्थगित गर्दा उनीहरु आक्रोशित भएका थिए।विश्वभरीका ८१ मुलुकमा शाखा रहेको एनआरएनएको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त र कुल आचार्य प्रतिस्पर्धामा उत्रिएका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.