www.tandavnews.com
Fact ~ In search of truth

सहिद परियारको स्मृतिमा माझठानामा वडा स्तरिय भलिबल प्रतियोगिता

सुशान्त गाहा मगर,

पोखरा /ताण्डव न्यूज ।

सहिद थमन परियारको स्मृतिमा पोखरा महानगरपालिका २८ माझठानामा महानगर वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

Batas

थमन परियार स्मृति प्रतिष्ठान नेपालको आयोजना र पोखरा महानगरपालिका २८ वडा कार्यालयको सहआयोजनामा उक्त प्रतियोगिता आयोजना गरिने बिहिबार पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।

प्रतिष्ठानका अध्यक्ष लालमोहन तिवारीले सो प्रतियोगिता आगामी कात्तिक ६ देखी ८ गतेसम्म माझठाना स्थित परियारको स्मृतिमा नवनिर्मित खेलमैदानमा आयोजना गरिने बताए । उनले सो अवसरमा उक्त मैदानको समुद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने बताए ।

तिवारीका अुनसार प्रतियोगिताकोे बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख १ हजार १ सय ११ प्रदान गरिनेछ भने उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ५० हजार ५ सय ५५ प्रदान गरिनेछ ।

त्यस्तै खेल कार्यक्रम संयोजक मनमोहन अधिकारीले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा (उत्कृष्ट ब्लकर, सेटर, क्वीकर र सर्भर खेलाडी) पुरस्कृत गरिने जानकारी दिदै जनही ५ हजार प्रदान गरिने बताए । उनका अनुसार दर्ता शुल्क ५ हजार निर्धारण गरिएको छ । पछिल्लो समयसम्म १७ वडाको टोली दर्ता भैसकेको आयोजकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.