www.tandavnews.com
Fact ~ In search of truth

मध्यरातमा जङ्गलबाट विप्लव समूहका २१ नेता पक्राउ

तुलसीपुर । 

दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यहाँ विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति १ः०० बजे उनीहरुलाई पक्राउ गरिएको हो ।

Batas

पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजङ्ग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो । चन्द ‘विप्लव’ का दाजु हुन् ।(रासस)
–––

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.