www.tandavnews.com
Fact ~ In search of truth

क्रिकेटर सन्दीपले टी–१० कर्नाटका टर्स्कर्सबाट खेल्ने

काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेलाई कर्नाटका टर्स्कर्र्सले यस सिजनको टी–१० का लागि अनुबन्धित गरेको छ ।

बुधबार राति अबुधावीमा भएको ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर लामिछानेलाई कर्नाटकाले पहिलो चरणमै आफ्नो टिममा आबद्ध गरेको हो।

सन्दीपले गत सिजनको टी–१० लिग केरला किङ्सबाट खेलेका थिए।गत वर्ष भन्दा सन्दीपको पारिश्रमिक १० हजार डलर बढेको छ। गत सिजन केरलामा ३० हजार अमेरिकी डलरमा आबद्ध भएका उनी यस सिजन कर्नाटकामा ४० हजार डलरमा आबद्ध भएको जनाइएको छ ।

सन्दीपको टिम कर्नाटकामा दक्षिण अफ्रिकाका ब्याट्सम्यान हसिम अमला आइकोनीक खेलाडीको रुपमा आबद्ध छन्।यस्तै वेस्ट इन्डिजका इभिन लेविस, जोनसन चार्ल्स, फाबियन एलन र मार्लोन स्यामुयल्स पनि कर्नाटकामा आबद्ध भएका छन्। अफगानिस्तानका साइपुर जार्डान र युएईका सिकन्दर राजा पनि सन्दीपको टिममा छन्।

प्रतियोगिता अबुधावीको शेख जायद क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म हुनेछ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.