www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ट्रमा सेन्टर खाेल्ने सरकारकाे तयारी

पोखरा ।
सरकारले दुर्घटना तथा अन्य घटनाका कारण गम्भीर घाइते हुनेहरुको उपचारका लागि सातै प्रदेशमा ट्रमा सेन्टर खोल्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्रकुमार यादवले राष्ट्रिय ट्रमा सेन्टरको मातहतमा रहने गरी सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरिएको बताएका हुन्। मुलुक संघीयतामा गइसकेकाले त्यही अनुसारको स्वास्थ्य संस्था स्थापना गर्न सरकार लागि परेको राज्यमन्त्री यादवेको भनाई छ।
विश्व ट्रमा दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले सबै प्रदेशमा स्वास्थ्य प्रयोगशालाहरुको स्थापनाको कामलाई सुरु गरेको पनि जानकारी दिए। राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट तथा जनशक्ति दुवैको अभाव रहेको पनि दोहोर्‍याए ।
उनले आवश्यक नीति नभएका कारण कतिपय स्वास्थ्य संस्थाहरु चाहेर पनि बनाउने अवस्थामा नरहेको पनि स्पष्ट पारे। त्यस अवसरमा राज्यमन्त्री यादवले वीर अस्पतालमा रहेको राष्ट्रिय ट्रमा सेन्टरलाई विश्वस्तरको सेवा, सुविधायुक्त बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.