www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेसको प्रशिक्षण कार्तिक १ र २ गते

काठमाडौं ।

नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दैछ ।

काँग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काँग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको पार्टी कार्यालय सचिव मुक्ति आचार्यले जानकारी दिए ।

प्रशिक्षणमा देशभरबाट ४०० भन्दाबढीको सहभागिता हुनेछ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रमा हुने उक्त प्रशिक्षण उद्घाटनका लागि पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई आमन्त्रण गरिएको पार्टी कार्यालयले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.