www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बृद्धाश्रमलाई सुजलको सहयोग

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज ।

 

पोखरा महानगरपालिका १७ स्थित रहेको पोखरा बृद्धाश्रमलाई सुजल थापाले खाद्यान्नका सामाग्री सहयोग गरेका छन ।

लेकसाईडको रोलिङ स्टोन्स रक बारमा गत ३१ गते आयोजित अभय एण्ड दि स्टिम इन्जन्स नाईटबाट संकलित रकमबाट ३० हजार बराबरको सामाग्री सोमबार आश्रममा आश्रित बृद्ध बृद्धाहरुलाई सहयोग गरेका हुन ।

Batas

उक्त सामाग्री बृद्धाश्रम ब्यबस्थापन समिति उपाध्यक्ष कुसुम केशब पराजुलीलाई सुजल थापा, बिकल गुरुङ लगायतले प्रदान गरे ।सो अवसरमा बोल्दै थापाले आश्रममा सहयोग गर्ने उद्देश्य सहित नै अभय एण्ड दि स्टिम ईञ्जिन नाईटको आयोजना गरेको बताए ।

उनले उक्त कार्यक्रमबाट संकलित रकमको खाद्यान्नका सामाग्री सहयोग गरेको बताउँदै आश्रमका प्रत्येकलाई टुथब्रस प्रदान गरेको बताए । उनले भबिष्यमा समाजसेवी बन्ने लक्ष्य रहेको बताउँदै पहिलो कार्यक्रमको रुपमा आश्रमलाई सहयोग गरेको बताए । उनले आगामी दिनमा समेत विभिन्न सामाजिक क्रियाकलापमा संलग्न भैरहने बताए । १७ बर्षे थापा हाल रानीपौवा स्थित ग्लोबल कलेजियटमा १२ कक्षामा अध्ययनरत छन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.